जसले कुनै राष्ट्रको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।

जसले कुनै राष्ट्रको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै राष्ट्रको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"

[हसन] [अबू दाऊदले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले कुनै अविश्वासी, अवज्ञाकारी वा धर्मी समुदायको आस्था, उपासना वा विशेष रीतिरिवाको नक्कल गर्छ, ऊ ती मानिसहरूमध्ये गनिनेछ । किनभने बाहिरी रूपमा नक्कल गर्नाले तिनीहरूको भित्री रूपमा अनुकरण गर्न जान्छ । कुनै पनि समुदायको नक्कल गर्नु भनेको त्यस समुदायप्रति मानसिक झुकाव, प्रेम र सम्मानको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । यसले व्यक्तिलाई भित्री रूपमा पनि अनुकरण गर्न निम्त्याउँछ (अल्लाहको शरण) ।

فوائد الحديث

यस हदीसमा, काफिर र अवज्ञाकारीहरूको नक्कल गर्न विरुद्ध चेतावनी दिइएको छ ।

धर्मी मानिसहरूको अनुकरण र अनुसरण गर्न प्रेरणा ।

बाहिरी अनुरूपताले भित्री प्रेमलाई निम्त्याउँछ ।

मानिस आफ्नो प्रतिरूप र स्वभाव अनुसार प्रतिज्ञा र पापको हकदार हुनेछ ।

धार्मिक मामिला र विशेष कुराहरूमा काफिरहरूको नक्कल गर्न निषेध गरिएको छ । तर ज्ञान र सीप सिकाउने जस्ता अन्य विषयहरूमा उनीहरूको नक्कल गर्नु यो चेतावनीको दायरा भित्र आउँदैन ।

التصنيفات

निषेधित नक्कल