“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर…

“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।

अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्नुभएको छ । यी दुई मध्ये राम्रो मान्छे त्यो हो जसले मौनतालाई तोड्छ र अगाडि आएर सलाम गर्छ । यहाँ व्यक्तिगत स्वार्थका लागि कुराकानी बन्द गरिएको हो भन्ने बुझ्नुपर्छ । तर यदि कसैले अल्लाहको खातिर सम्बन्ध तोडेको छ, जस्तै अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू, अधर्मी र खराब साथीहरूदेखि कुराकानी बन्द गर्ने भनेको यो कुनै समय सीमाले बाँधिएको छैन । यो कारण र परिवेशमा निर्भर छ, कारण समाप्त हुने बित्तिकै सम्बन्ध स्वतः सुचारु हुन्छ ।

فوائد الحديث

मानवीय स्वभावलाई ध्यानमा राखेर तीन दिन वा सोभन्दा कम कुराकानी बन्द गर्ने अनुमति छ ।

सलामको महत्व, यो मनको घृणा मेटाउने माध्यम र प्रेमको प्रतीक हो ।

इस्लाम मुस्लिमहरू बीच भाइचारा र प्रेमको वातावरण स्थापना गर्न चाहन्छ ।

التصنيفات

सद्गुण र आचरण, हिजरत र यसका शर्तहरू, सलाम (अभिवादन) र अनुमति माग्ने शिष्टाचार