कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउनु अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले…

कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउनु अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउनु अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।"

[सही] [इब्ने माजहले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसैलाई पनि हानि नपुर्याउन आदेश दिनुभएको छ । त्यसैले नत आफुलाई यातना दिन पाइन्छ, नत अरुलाई दुःख दिन पाइन्छ । दुवै कुरा उत्तिकै अवैध हुन् । हानिको बदलामा हानि गर्न अनुमति छैन; किनकि हानिको क्षतिपूर्ति हानिको माध्यमबाट किसास (प्रतिशोध) बाहेक अनुमति छैन, त्यो पनि दमन र अतिक्रमण नगरिकन । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले मानिसहरूलाई हानि पुर्‍याउँछ, उसले आफैलाई हानि गर्नेछ र जसले मानिसहरूलाई कठिनाइमा पार्छ, उसले आफैलाई कठिनाइहरू भोग्नेछ भनेर चेतावनी दिनुभयो ।

فوائد الحديث

जति नोक्सानी भएको छ, त्यो भन्दा बढी बदला लिन पाइँदैन ।

अल्लाहले आफ्ना सेवकहरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्न आदेश दिनुभएको छैन ।

आफ्नो बोली वा कर्मबाट वा कुनै काम गरेर वा छोडेर कसैलाई हानि पुर्‍याउन अनुमति छैन, न त बदलामा हानि पुर्‍याउन अनुमति छ।

मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ । तसर्थ, जसले अरूलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्टमा पार्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुन्छ ।

शरियाको एउटा सिद्धान्त भनेको "हानि हटाइनेछ ।" शरियतले हानिलाई स्वीकार गर्दैन, तर हानिको अन्त्य गर्दछ ।

التصنيفات

न्यायशास्त्र र आधारभूत नियमहरू