के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए: हो, म सुन्छु, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाईले नमाज पढ्न…

के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए: हो, म सुन्छु, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाईले नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन् : एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिदमा ल्याउने कोही मान्छे छैन । त्यसैले मलाई घरमा सलाह पढ्न अनुमति दिनुहोस् । उहाँले (सुरुमा) उसलाई अनुमति दिनुभयो, तर जब उनी बाहिर निस्कन थाले, उहाँले उनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए: हो, म सुन्छु, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाईले नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिदमा ल्याउन मद्दत गर्ने र पाँचवटा अनिवार्य सलाहको लागि मस्जिदमा हात समातेर ल्याउने कोही मान्छे छैन । वास्तवमा, उनी घरमा नमाज पढ्न रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अनुमति चाहन्थे । उहाँले (सुरुमा) उसलाई अनुमति पनि दिनुभयो, तर जब उनी बाहिर निस्कन थाले, उहाँले उनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" जब उसले हो जवाफ दियो, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाईले नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"

فوائد الحديث

जमातका साथ सलाह पढ्नु वाजिब हो, किनकि छूट वाजिब र अनिवार्य कुरामा मात्र दिइन्छ ।

उहाँको भनाइ ‘फअजिब्’ (सलाहको लागि आह्वानकर्ताको आह्वानलाई स्वीकार गर्नुहोस्) ले अजान सुन्ने व्यक्तिको लागि मस्जिदमा जानु र नमाज पढ्नु अनिवार्य हो भन्ने कुरा स्पष्ट हुन्छ । किनभने आदेश मूलतः वाजिब कुराको लागि हुन्छ ।

التصنيفات

सामूहिक सलाहको सद्गुण र यसका नियमहरू