إعدادات العرض
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी…
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල Hausa دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Română Soomaali Српски Wolof Українська Moore Azərbaycan ქართული Magyar Македонски bm Български Malagasy Oromoo ភាសាខ្មែរالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूसँग यो वाचा गर्नुभयो कि उनीहरूले शासनसत्तामा रहेका हाकिमहरूको हरेक अवस्थामा—चाहे सजिलो होस् या कठिन, सम्पन्नता होस् या अभावमा—(इस्लामको) आज्ञा मान्नेछन्। चाहे आदेश मनपरेको होस् या अप्रिय, सहाबाहरूले यसलाई पालना गर्नेछौं भनी प्रतिबद्धता जनाए। उहाँले यो पनि सिखाउनुभयो कि अन्याय भए तापनि विद्रोह नगर्ने किनभने यस्तो कदमले अझै ठूलो फसाद ल्याउँछ। सहाबाहरूले यो पनि वाचा गरे कि उनीहरू हरेक अवस्थामा सत्य बोल्नेछन्, केवल अल्लाहको लागि, र सत्य बोल्दा कसैको डर राख्ने छैनन्।فوائد الحديث
हाकिमहरूको अनुसरणको फाइदा भनेको मुस्लिमहरूलाई एकताबद्ध गर्नु र विभाजन हुनबाट जोगाउनु हो ।
हाकिमहरूको कुरा सुन्न र पालन गर्न अनिवार्य छ, जबसम्म तिनीहरूले अल्लाहको अवज्ञा गर्न आदेश दिँदैनन्, सजिलो र कठिन परिस्थितिमा, सुख र दु:खमा र हामीमाथि अरुलाई प्राथमिकता दिए पनि ।
हामी जहाँ भए पनि कसैको आलोचनाको चिन्ता नगरी सत्य बोल्नु अनिवार्य छ ।