जब दुई मुस्लिमहरू आ-आफ्ना तरबार तानेर एकअर्काको सामना गर्छन्, हत्यारा र पीडित दुबै नरकमा हुनेछन्

जब दुई मुस्लिमहरू आ-आफ्ना तरबार तानेर एकअर्काको सामना गर्छन्, हत्यारा र पीडित दुबै नरकमा हुनेछन्

अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब दुई मुस्लिमहरू आ-आफ्ना तरबार तानेर एकअर्काको सामना गर्छन्, हत्यारा र पीडित दुबै नरकमा हुनेछन्।" मैले सोधे, हे अल्लाहका रसूल ! यो मान्छे हत्यारा हो (त्यसैले नर्कमा गयो) पिडितको के दोष ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " उसको मनसाय पनि अर्को साथीलाई मार्ने थियो ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब दुई मुस्लिम हातमा तरवार लिएर एकअर्काको सामना गर्न आउँछन् र दुबै एक अर्काको ज्यान लिन तयार हुन्छन्, तब हत्यारा आफ्नो साथीको हत्याको कारण नरकमा जान्छ । तर मृतक किन नर्कमा जान्छ? भन्ने कुरा सहाबाहरूले बुझ्न सकेनन् तसर्थ, उहाँसंग जिज्ञासा राखे र यसको जवाफ दिँदै उहाँले भन्नुभयो, ऊ नरकमा जान्छ, किनभने ऊ पनि अर्को व्यक्तिलाई मार्न इच्छुक थियो तर ऊ आफ्नो मनसायमा सफल हुन सकेन किनभने उसको प्रतिद्वन्द्वीले उसलाई मात दियो ।

فوائد الحديث

जसले आफ्नो हृदयबाट पाप गर्ने दृढ निश्चय राख्छ र त्यसको साधन प्रयोग गर्छ ऊ दण्डको हकदार हो ।

मुस्लिमहरूलाई आपसमा नलड्न कडा चेतावनी तथा लड्ने विरुद्ध नरकको धम्की दिइएको छ ।

सत्यमा आधरित लडाई यो चेतावनी भित्र पर्दैन, जस्तैः विद्रोही र देशद्रोही मुस्लिमहरूसंगको लडाई ।

ठूलो पाप गर्ने व्यक्तिलाई पापले गर्दा काफिर मानिने छैन, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आपसमा झगडा गर्ने दुई व्यक्तिलाई मुस्लिम भन्नुभएको छ ।

जब दुई मुस्लिमहरू मार्न सक्ने कुनै पनि उपकरणको साथ आमनेसामने हुन्छन् र तिनीहरूमध्ये एकले अर्कोलाई मार्छ, तब ज्यान लिने र ज्यान गुमाउने दुवै नरकमा हुनेछन् । यस हदीसमा, तरवारलाई उदाहरणको रूपमा मात्र उल्लेख गरिएको छ ।

التصنيفات

हृदयका कार्यहरू, पापको निन्दा