إعدادات العرض
सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा…
सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।
अर्फजह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Русский اردو हिन्दी Bahasa Indonesia 中文 বাংলা ئۇيغۇرچە Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands Türkçe Hausa دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Română Soomaali Српски Wolof Українська Tagalog Moore Azərbaycan ქართული Magyar Deutsch Македонски bm Malagasy Oromoo ភាសាខ្មែរالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब मुस्लिमहरूले एकमतले कसैलाई आफ्नो हाकिमको रूपमा स्वीकार गर्छन् र एक समुदायको रूपमा जीवन बिताइरहेका छन् र तब कोही आएर हाकिमबाट शासन खोस्न चाहन्छ र मुस्लिम समुदायलाई दलहरूमा विभाजित गर्न चाहन्छ भने उसको खराबीबाट बच्न र मुस्लिमहरूलाई रक्तपातबाट सुरक्षित राख्नको लागि उसलाई रोक्न र लड्नु अनिवार्य हुनेछ ।فوائد الحديث
जबसम्म कुनै मुस्लिम शासकले पापको आदेश दिँदैन, उसको कुरा सुन्न र उसको आदेश पालन गर्नु अनिवार्य छ र उसको विरुद्ध विद्रोह गर्न हराम (निषेध) हो ।
मुस्लिम हाकिम र उसको समुदाय विरुद्ध विद्रोह गर्ने व्यक्ति वंश, पद, इज्जत र प्रतिष्ठाको हिसाबले जतिसुकै उच्च किन नहोस्, त्यसको विरुद्ध लड्नु अनिवार्य छ ।
मतभेदको शिकार नहुने र एकताबद्ध रहने प्रोत्साहन ।
التصنيفات
इमाम विरुद्ध विद्रोह