إعدادات العرض
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति…
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें": "हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە සිංහල ไทย دری Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore тоҷикӣ Oromoo Wolof Soomaali Malagasy Български Українська Azərbaycan ქართული Lingala bm Македонскиالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक त्यस्ता हाकिमहरूलाई अल्लाहले कष्ट दिऊन् भनेर श्राप दिनुभएको छ, जसले मुस्लिमहरूको कुनै जिम्मेवारी लिन्छ, चाहे त्यो सानो होस् वा ठूलो, सामान्य होस् वा विशेष, तर ऊ मानिसहरूसँग दयालु व्यवहार गर्नुको सट्टा तिनीहरूमाथि अन्याय गर्छन् र तिनीहरुलाई समस्यामा पार्छन्, ताकि कर्मको प्रतिफल कार्यको प्रकृति अनुसार होस् । जिम्मेवारी पाएपछि, मानिसहरूसंग दयालु व्यवहार गर्ने र तिनीहरूको जीविका सजिलो बनाउनेलाई अल्लाहले दयालु व्यवहार गरुन् र उसको कामलाई सजिलो बनाउन् भनेर प्रार्थना गर्नुभएको छ ।فوائد الحديث
मुस्लिमहरूको कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिले सकेसम्म आफ्नो मातहतमा रहेका प्रजासँग नम्र व्यवहार गर्नु अनिवार्य छ ।
मानिसलाई उसको कर्मको प्रकृति अनुसार पुरस्कृत गरिन्छ ।
नम्रता र कठोरताको मापदण्ड कुर्आन र हदीसले निर्देश गरे अनुसार मात्र मान्य हुन्छ ।