दण्ड

दण्ड

1- निश्चय नै अल्लाहले अनिवार्य कर्तव्यहरू (फराइज) तोक्नुभएको छ, तिनलाई बेवास्ता नगर्नु। उहाँले कानुनी सीमाहरू (हुदूद) निर्धारण गर्नुभएको छ, तिनीहरूको उल्लङ्घन नगर्नु। उहाँले केही कुराहरूलाई निषेध (हराम) गर्नुभएको छ, ती वर्जित कार्यहरूमा संलग्न नहुनु। उहाँले केही कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।