दावह र हिस्बा

दावह र हिस्बा

2- भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।

14- अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए।