दुआ र जिक्र (स्तुति) को न्यायशास्त्र

दुआ र जिक्र (स्तुति) को न्यायशास्त्र

3- अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।

22- हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।

37- शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।

41- जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" साथीहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।

42- नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्दी वा रब्बुल-अर्शील-करीम।" अर्थ: अल्लाह बाहेक अरु कोही अल्लाह छैन। महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन। आकाश, पृथ्वी र महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन।