गुणहरू

गुणहरू

27- “तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”

43- कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ

52- हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।

58- “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”