अकीदा - الصفحة 2

अकीदा - الصفحة 2

14- “अल्लाह स्वर्गवासीहरूलाई भन्नुहुनेछ: हे स्वर्गवासीहरू! तिनीहरूले भन्नेछन्: हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सधैं तपाईंको दयाको अपेक्षा गरेका छौं । अल्लाहले भन्नुहुनेछ: के तिमीहरू सन्तुष्ट छौ? तिनीहरूले भन्नेछन्: किन सन्तुष्ट नहुनु, यद्यपि तपाईंले हामीलाई यस्तो आशीर्वाद दिनुभएको छ, जुन आफ्ना सबै सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन?

21- जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।

30- शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।

69- एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार हुन्छन्।" सोधियो: हे नबी! यी अधिकारहरू के हुन्? उहाँले भन्नुभयो: "जब तिमी उसलाई भेट्छौ, उसलाई सलाम (अभिवादन) गर, जब उसले तिमीलाई निम्तो दिन्छ, उसको निम्तो स्वीकार गर, जब उसले तिमीसँग सल्लाह माग्छ, उसलाई राम्रो सल्लाह देऊ, जब उसले हाच्छिउँ गर्छ र "अलहम्दुलिल्लाह" भन्छ, उसको जवाफ देऊ (यरहमुकल्लाह) भन, जब ऊ बिरामी हुन्छ, उसलाई भेट्न जाऊ र जब उसको निधन हुन्छ, उसको जनाजामा साथ देऊ।