सद्गुण र आचरण - الصفحة 2

सद्गुण र आचरण - الصفحة 2

4- जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्‍याउन सक्ने छैन।

9- “तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”

54- हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।

77- अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।

82- हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।

86- शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।

100- हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।