अकीदा

अकीदा

21- साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।

76- हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।

80- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।

96- “कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन: उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्‍यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्‍यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्‍यो?“